मुख्य समाचार

जापान, अस्ट्रेलियालगायत पाँच देशका लागि ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने काम स्थगित

education ministry

८ बैशाख, काठमाडौं । सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच राष्ट्रका लागि स्वीकृति पत्र जारी गर्ने काम तत्कालका लागि बन्द गरेको हो । बुधबार एक विज्ञप्ति जारी गर्दै जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि स्वीकृति पत्र दिने कार्य स्थागित गरेको जनाएको हो ।

कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) विश्वभरनै फैलिरहेको हुँदा गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार बिहीबारदेखि अर्को सूचना जारी नभएसम्म स्वीकृतिपत्र नदिइने जनाएको हो ।

noc notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस