८ बैशाख, काठमाडौं । प्रदेश १ मा १०३ जना कोरोना संक्रमित थपिएका छन् । विराटनगरका सबैभन्दा बढी १८ महिला र २३ पुरुषसहित १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयकाअनुसार बुधबार ४ सय ९० वटा नमूना परीक्षण गर्दा ४४ महिला र ५९ पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ ।
जसमध्ये धरानमा ७ महिला र १३ पुरुष गरी २० जनामा कोरोना पुष्टि भएको छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै प्रदेश १ मा परीक्षणको दर पनि बढाइएको छ । परीक्षण बढाउँदा संक्रमणको दर पनि बढ्दो देखिएको जनाइएको छ ।
मंगलबार प्रदेश १ मा ९७ जना कोरोना संक्रमित थपिएका थिए । मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको थिए । प्रदेशमा गएको एक सातामा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस