
८ बैशाख, सिरहा । कटुवा पेस्तोल र १ राउण्ड गोली सहित मंगलबार बेलुका प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर बस्ने ५५ वर्षीय बालेश्वर यादब १ थान कटुवा पेस्तोल र सोको १ राउण्ड गोली सहित मंगलबार बेलुका पक्राउ गरेको हो ।
यादवलाई हातहतियार खरखजाना मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस