मुख्य समाचार

नेपालको हवाई रुट प्रयोग गरी तेस्रो मुलुक यात्रा गर्ने भारतीयले एनओसी लिन नपर्ने

noc line

९ बैशाख, काठमाडौं । नेपालको हवाई रुट प्रयोग गरी तेस्रो मुलुकतर्फ यात्रा गर्ने सबै भारतीयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने अनिवार्य प्रावधान दुई महिनाका लागि खुकुलो बनाइएको छ ।

नेपालस्थित भारतीय दूतावासको आग्रहमा परराष्ट्र र गृह मन्त्रालयले नेपालको बाटो प्रयोग गरेर तेस्रो मुलुक जाने भारतीयलाई एनओसी लिन नपर्ने व्यवस्था मिलाएका हुन् ।

यसअघि एनओसी नलिएका भारतीयले तेस्रो मुलुक जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न पाउँदैन थिए । काठमाडौंस्थित भारतीय दूतावासमा एनओसी लिने भारतीयको घुइँचो बढेपछि दूतावासले छोटो समयका लागि नयाँ व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेको थियो ।

नयाँ निर्णयअनुसार वैशाख ९ देखि असार ५ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जाने भारतीयलाई एनओसी आवश्यक पर्दैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस