समाचार

‘युरोप पठाईदिन्छु’ भन्दै १९ लाख ४७ हजार ठगी गर्ने पक्राउ

bharat prasad

९ बैशाख, काठमाडौं । ‘युरोप पठाइदिन्छु’ भनेर ठगी गर्ने एक जना पक्राउ परेका छन् । चितवन राप्ती नगरपालिका–३ घर भएका भरतप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ३६ वर्षीय राईलाई काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ नयाँ बजार बस्ने राईले पोर्चुगल, लाटभिया र युक्रेन पठाइदिन्छु भनेर १९ लाख ४७ हजार ठगेको अपराध महाशाखाले जनाएको छ ।

सोह्रखुट्टेमा ग्रान्डी ग्लोव होलिडेज प्रालि नामक कन्सल्टेन्सी चलाउने राईले ठगेको भन्दै तेह्रथुम फेदाप गाउँपालिका घर भएका सागर लिम्बुसहित ६ जनाले प्रहरीमा उजुर गरेका छन् ।

भिजिट भिसामा युरोप पठाउने लोभ देखाएर उनले प्रतिव्यक्ति १० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । बुधवार पक्राउ गरेर उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस