
९ बैशाख, काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा बन्ने पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बिहीवार बिहान बल्खु पुगेर पार्टी कार्यालय शिलान्यास गरेका हुन् । २०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो ।
बल्खुको भवन भत्किएपछि एमाले पार्टी कार्यालय धुम्बाराही भाडाको घरमा सरेको थियो । त्यहाँबाट पनि तत्कालका लागि पार्टी कार्यालय थापाथलीमा सार्न लागिएको छ । सो कार्यालयको ओलीले नै आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस