समाचार

भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

accident

९ बैशाख, काठमाडौं । भक्तपुरको गठ्ठाघरमा मोटरसाइकल र टिप्पर ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

गएराती पेप्सीकोलाबाट सानोठिमी जाँदै गरेको रा.२प ४४३७ नम्बरको मोटरसाईकललाई पेप्सीकोला तर्फ आउँदै गरेको बा.३ख ४४६५ नम्बरको टिपरले ठक्कर दिँदा ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको हो । मोटरसाईकल पछाडी सवार पाठकको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो । उनि पुरानो ठिमी बस्दै आएका थिए ।

टिपरको ठक्करबाट मोटरसाईकल चालक दाङ लालमठिया–५ घर भएका २४ वर्षीय उमेश चौधरी घाइते भएका छन् । उनको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ । टिपर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भएका राजन नेपालीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत ठिमीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *