सुनचाँदी

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

today gold price

९ बैशाख, काठमाडौं । बुधबार प्रति तोला ९२ हजार रुपैयाँले कारोबार भएको सुनको मूल्यमा बिहिबार थप २०० रुपैयाँ वृद्धि भइ प्रतितोला छापावाल सुन ९२ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधवार (हिजो) मंगलवारको तुलनामा सुनको मूल्य एकैपटक १३ सयले वृद्धि भएको थियो । मंगलवार ९० हजार ७ सय रहेको सुनको मूल्य बुधवार ९२ हजार कायम भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ९१ हजार ७ सय कायम भइ कारोबार भइरहेको छ । यता चाँदीको मूल्यमा पनि बुधबारको मूल्य थप २५ रुपैयाँले वृद्धि हुँदै बिहिबार प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस