
९ बैशाख, काठमाडौं । नायिका केकी अधिकारीले कोरोना संक्रमणपछि गरेको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि हाल आफूलाई आइसोलेट गरेर राखेको जानकारी दिएकी छिन् ।
दुई दिन लगातार ज्वरो आएपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएपछि आफू एकान्तबासमा बसेको जानकारी दिएकी उनले अहिले कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको भए पनि आफूलाई आइसोलेट गरेको बताएकी छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी उनले सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताएकी छन् । उनले आफू सुरक्षित रहँदै अरुलाई पनि सुरक्षित बनाउनु पर्नेमा जोड दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस