बैँक / वित्त

सिभिल बैंकको नाफा बढ्यो, कर्जा तथा ऋण लगानीमा पनि उल्लेख्य वृद्धि

civil bank

९ बैशाख, काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ ।

गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५४.६७ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो ।

सिभिल बैंकले यस आर्थिक वर्षमा निक्षेप तर्फ २७.७६ अर्व वृद्धि गरेको छ । जुन असार मसान्तको निक्षेपको तुलनामा ४६ प्रतिशतको वृद्धि हो । बैंकको निक्षेपको वृद्धि अन्य वाणिज्य बैंकहरुको तुलनामा वृद्धि रकममा सातौं तथा प्रतिशत वृद्धिमा पहिलो स्थानमा रहेको छ ।

त्यसैगरी, बैंकले कर्जा तर्फ यस आर्थिक वर्षमा रु.२७.६२ अर्व वृद्धि गरेको छ जुन असार मसान्तको कर्जाको तुलनामा ५१ प्रतिशतको वृद्धि हो ।  बैंकको कर्जाको वृद्धि अन्य वाणिज्य बैंकहरुको वृद्धिको तुलनामा वृद्धि रकममा दशौं तथा वृद्धि प्रतिशतमा पहिलो स्थानमा रहेको छ ।

तेस्रो त्रैमासको अन्त सम्म बैंकको ग्राहक संख्या ५ लाख ४१ हजार ९८२ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.७६ प्रतिशतले वृद्धि हो । गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या ४ लाख ४२ हजार ४४२ थियो ।

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१.८१ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्षको यही अवधिसम्म २.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर १.१३ प्रतिशतमा झरेको हो ।

बैंकले समीक्षा अवधिमा रु ५० करोड २५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस