विश्व/प्रवास

पाकिस्तानको एउटा होटलमा बम विस्फोट, चार जनाको मृत्यु

pakistan bomb attack

९ बैशाख, काठमाडौं । पाकिस्तानी क्वेटा शहरस्थित एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका गृह मन्त्री शेख रशीद अहमदले बताएका छन् ।

संवाददाताहरुका अनुसार होटेल सेरेनाको कार पार्किङ गर्ने इलाकामा उक्त आक्रमण भएको थियो । पाकिस्तानस्थित चिनियाँ राजदूत लक्षित गरी सो आक्रमण गरिएको आशङ्का गरिएको छ ।

चिनियाँ राजदूत अफगानिस्तानको सिमाना नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको सेरेना होटलमा बसेका थिए । तर विस्फोटका बेला उनी घटनास्थल क्षेत्रमा नरहनुभएको बताइएको  छ । पाकिस्तानको क्वेटा शहरमा अवस्थित होटल सेरेना उच्च अधिकारीको रोजाइमा रहेको होटलको रुपमा रहेको बताइएको छ ।

पाकिस्तानी तालिबान लडाकू समूह यस आक्रमणको जिम्मेवारी लिएका छन् । उक्त समूह र अन्य लडाकू सङ्गठनहरुले पछिल्ला महिनाहरुमा अफगानिस्तानसँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन् ।

बलुचिस्तानमा लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको प्रान्त हो । लडाकूहरूले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् । त्यस क्षेत्रमा भइरहेका प्रमुख चिनियाँ पूर्वाधार परियोजनाको विरोध गर्दै आएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *