
९ बैशाख, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक इन्डेक्समा दोहोरो अंकको वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक १५.८० अंकले बढेर २ हजार ६ सय ४८ अंकमा पुगेको हो । यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ३.२१ अंकले बढेर ४७६.६० अंकमा पुगेको छ ।
यस दिन २१४ कम्पनीको ७५ हजार १०८ पटकको कारोबार भएकोमा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर खरिद विक्रि भएका छन् । आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस