मुख्य समाचार

मेरियट होटलटबाट धरहरा हेर्दै ओली र नेपाल

oli nepal

९ बैशाख, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले नागपोखरीस्थित मेरियट होटलबाट नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन् ।

दोस्रो दिन पनि छलफलमा जुटेका उनीहरुले होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गरेको तस्बिर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा कमलपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै’, थापाले दुई नेताको फोटोसहितको ट्वीटमा भनेका छन् ।

एमालेभित्रको विवाद फुटउन्मुख भएको बेला दुई नेताबीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *