मुख्य समाचार

आज पनि २४ सय बढीमा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु

jageshwor

९ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । कुल मृतकको संख्या ३ हजार ११७ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस