कर्णाली प्रदेश

कर्णालीमा ८७ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus

९ बैशाख, सुर्खेत । कर्णालीमा प्रदेशमा १०६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ९० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट १६ जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा ८७ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका ७६, कालिकोटका ३, जुम्लाका २, जाजरकोटका १, दैलेखका २ र अन्य जिल्लाका ३ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

त्यस्तै, र्यापिड एन्टिजेन बिधिबाट ५७ जनामा कोरोना परीक्षण गर्दा नयाँ संक्रमण पुष्टि भएको संख्या १७ रहेको निर्देशनालयले जनाएको छ । सो बिधिबाट परीक्षण गर्दा दैलेखका २, सल्यानका ९ जना, रुकुम पश्चिमका ५ र जुम्लाका १ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णालीमा हाल कोरोना संक्रिय संक्रमितको संख्या २१२ जना रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *