प्रदेश १

प्रदेश १ मा कोरोना संक्रमितको ग्राफ ह्वात्तै बढ्यो, आज थप १६८ जनामा पुष्टि

covid 19

९ बैशाख, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको ग्राफ ह्वात्तै बढेको छ । पछिल्लो ११ दिनको अवधिमा संक्रमित हुनेको संख्या ३० गुणले बृद्धि भएको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयकाअनुसार गत चैत २८ गते २१ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको १० दिनपछि  बिहीबारसम्म आइपुग्दा सो दर ३० गुणाले बढेर ६ सय ३५  पुगेको छ । मन्त्रालयका अनुसार ११ दिनको ६ सय १४ जना नयाँ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार बिहीबार १६८ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार ६०२ जनाको पीसीआर परीक्षण गरिएकोमा ७२ महिला र ९६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, तेह्रथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार विराटनगरमा बिहीबार ९७ जनामा संक्रमण देखिएको छ । तीमध्ये ४६ जना महिला र ५१ जना पुरुष छन् । मोरङको बुढीगंगा, उर्लाबारी, कटहरीमा २–२, सुन्दरहरैचा, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जना, सुनसरीको धरानमा १६, इटहरीमा ७, बराहक्षेत्र, दुहवी, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१, झापाको भद्रपुर र बिर्तामोडमा ४–४, कनकाईमा ३, दमकमा २, अर्जुनधारा, मेचीनगर, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, तेहथुमको लालिगुराँसमा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ७० पुगेको छ । संक्रमित मध्ये २९ हजार ९३२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ६६६ जना छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *