कर्णाली प्रदेश

कोभिड संक्रमितको उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिने

helicopter

१० बैशाख, काठमाडौं । कोभिड–१९ संक्रमितको उद्धारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ ।

बिहीबार प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने र माथिका विकट क्षेत्रको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो ।

भौगोलिक विकटताका कारण कर्णालीमा सर्वसाधारणको सहजै स्वास्थ्य संस्थासँग पहुँच पुग्दैन । महामारीमा उपचार नपाएर नागरिकको मृत्यु हुनसक्ने जोखिमलाई ख्याल गर्दै प्रदेश विपद् व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस