प्रदेश १

बुबाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

police arrest

१० बैशाख, सुनसरी । सुनसरीको प्रकाशपुरमा बुबाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र नगरपालिका–९ स्थित प्रकाशपुर घर भएका ३८ वर्षीय उपेन्द्र पौडेलेको हत्या आरोपमा उनका १७ वर्षीय छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विवाद हुँदा चिया पकाउने ताप्केले हिर्काउँदा घाइते भएका उपेन्द्रलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा बिहिबार उनको मृत्यु भएको हो ।

बुवाको मृत्युभएपछि छोरालाई पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको सुनसरीका एसपी कमल थापाले बताए । नाबालक भएकाले प्रहरीले हत्या आरोपीको नाम सार्वजनिक गरेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस