सुनचाँदी

सुनको मूल्य तोलामा ५ सयले घट्यो

gold shop

१० बैशाख, काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य आज भने घटेको छ । आज सुनको भाउ तोलामा आज ५ सय रुपैयाँले घटेको छ । बुधबार प्रति तोला ९२ हजार रुपैयाँ र बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य शुक्रबार भने घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहिबार प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्यमा शुक्रबार १५ रुपैँयाले घटेर एक हजार ३२० मा कारोबार भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस