समाचार

चितवनमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

covid 19 dead

१० बैशाख, चितवन । कोरोना भाइरस कोभिड–१९ का कारण एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । निमोनियाको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।

अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन् ।

कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *