समाचार

दाङका ६ स्थानीय तहमा छैनन् दमकल

damkal

१० बैशाख, दाङ । दाङका छ स्थानीय तह  अझै दमकल विहीन छन् । जिल्लाका १० स्थानीय तहमध्ये चार तहमा मात्रै  दमकल रहेका छन् । दमकल नभएका स्थानीय तहमा आगलागी भएमा अन्य स्थानीय तहसँग मागेर काम चलाउनुपर्ने बाध्यता रहेको छ ।

घोराही तथा तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकामा मात्रै दमकल छन् । तीमध्ये घोरामा दुई, तुलसीपुरमा एक, लमहीमा दुई  र गढवामा एक दमकल छ । दङ्गीशरण, शान्तिनगर, राजपुर , बङ्गलाचुली, बबई र राप्ती गाउँपालिकासँग दमकल छैनन् ।

बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले आगामी कार्यपालिका बैठकमा दमकल खरिदको प्रस्ताव राख्ने जानकारी दिए ।  बङ्गलाचुली गाउँपालिकामा पहाडी भूभाग भएकाले दमकल ल्याउन समस्या भएको बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष यमुना घर्तीले बताइन् । उनका अनुसार गाउँपालिकाका सबैजसो भूभाग पहाडी छ, आगलागी भएको स्थानमा दमकल जान सक्ने अवस्था नै रहँदैन । यसैले दमकललाई प्राथमिकतामा नराखेको र खरिद प्रक्रियालाई अघि नसारिएको हो ।

त्यस्तै दङ्गीशरणका अध्यक्ष भागीराम चौधरीले दमकल खरिद गर्नसक्ने र यसका लागि कर्मचारीलाई तलब दिने समस्या भएको बताए।  यस्तै शान्तिनगरले दमकल खरिद गर्ने विषयमा कुरा नउठेको  गाउँपालिका उपाध्यक्ष मिथिला शाहले जानकारी दिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *