मुख्य समाचार

पूर्वी नवलपरासीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना गम्भीर

nawalparasi accident

१० बैशाख, नवलपरासी । पूर्वी नवलपरासी (बर्दघाट सुस्ता) को बुलिङटार–६ मा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुलिङटारबाट दलदले आउँदै गरेको लु १ ज ३७१० नम्बरको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीका अनुसार मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका–४ का २३ वर्षीय अजय विक रहेका छन् । त्यस्तै, जिपमा सवार अन्य तीनजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि दलदलेतर्फ पठाइएको र सामान्य घाइतेलाई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप सडकबाट करिव ५० मिटर तल खसेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *