१० बैशाख, काठमाडौं । एमालेले राष्ट्रियसभामा रिक्त सदस्य पदको निर्वाचनमा रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भएको छ।
बालुवाटारमा बसेको शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले बादललाई उठाउने निर्णय गरेको हो । यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित बादललाई पार्टीले कारवाही गरेपछि उनको राष्ट्रिय सभा सदस्यको पद गुमेको थियो ।
निर्वाचन आयोगले बिहीबार मात्र राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकेको थियो । आयोगले थापाको रिक्त स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको हो ।
प्रतिक्रिया दिनुहोस