विश्व/प्रवास

भारतमा चुनावी सभामा प्रतिबन्ध

india election

१० बैशाख, काठमाडौं । कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्याली र सभा आयोजना गर्न रोक लगाएको समाचार छ ।

पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका यस अवस्थामा निर्वाचन आयोगले प्रतिबन्धात्मक कदम चालेको हो ।

भारतका राज्यहरूमा यो वर्ष शृङ्खलाबद्ध चुनाव हुँदैछ । निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौँ पार्टी र उम्मेदवारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको जनाएको छ । दे

श सङ्क्रमणको कठोर मारमा परेका देखिएका बेला भइरहेका त्यस्ता गतिविधिलाई लिएर प्रधानमन्त्रीको समेत चर्को आलोचना भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस