मुख्य समाचार

देशभर थप २५ सय ५९ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

jageshwor gautam

१० बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २५ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ४१० जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन् । यही अवधिमा ५ जनाको मृत्यु भएको छ ।

नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस