विश्व/प्रवास

साङ्घाईको एक कारखानामा आगलागी, आठ जनाको मृत्यु

aaglagi

१० बैशाख, काठमाडौं । सांघाईमा एक कारखानामा बिहीबार लागेको आगलागीमा परी दुईजना अग्नि नियन्त्रकसहित आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार पुष्टि गरेका छन् ।

विशेषगरी इलेक्ट्रोनिक सामान उत्पादन गर्ने यस कारखानामा स्थानीय समयानुसार बिहीबार दिउँसो १ः३० बजे आगलागी शुरु भएको बताइएको छ । स्थानीय समयानुसार शुक्रबार बिहान ६ः२० बजे आगो निभाएको जिल्ला सरकारको सूचना कार्यालयले जनाएको छ ।

यस आगलागीमा परेर ज्यान गुमाएका आठ व्यक्तिको शव भेटिएको बताइएको छ । वरिपरिको वातावरण र पानी प्रदूषित नभएको प्रारम्भिक छानबिनले सुझाव समितिले बताएको जनाइएको छ । आगलागीको कारणका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *