मुख्य समाचार

काठमाडौं उपत्यकामा मात्र थपिए ९४० कोरोना संक्रमित

kathmandu traffic

१० बैशाख, काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा मात्र ९४० कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंपछि बाँकेमा ३५४ तथा रुपन्देहीमा २२१ जना संक्रमित फेला परेका छन् । आज नेपालभरमा २५ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

त्यस्तै, यो अवधिमा ५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस