मुख्य समाचार

राजश्व छली गर्ने १३ फर्मविरुद्ध उच्च अदालतमा मुद्दा

rajashwo bibhag

१० बैशाख, काठमाडौं । १३ फर्म विरुद्ध नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले राजश्व छली गरेको अभियोगमा १३ वटा फर्म विरुद्ध उच्च अदालत पाटनमा शुक्रबार मुद्दा दायर गरेको हो ।

सर्लाही स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका १८ बस्ने अनिल गुप्ता एण्ड एशोसियसनसहित कामपा १४ कुलेश्वर स्थित अंकुश ट्रेड एण्ड, कामपा १० थापा गाउँको सन्ध्या ट्रेडर्स लगायतका १३ फर्मका सञ्चालक १६ जनाविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले यी फर्महरुले नक्कली मूल्य अभिवृद्धि करसहित आयकर कर समेतको नक्कली बिल प्रयोग गरी राजश्वमा ठूलो क्षति पुर्याएको भन्दै कुल २ अर्ब १९ करोड २७ लाख ९५ हजार ६१४ रुपैयाँ बिगो दाबी गरेको छ ।

विभागका अनुसार यी कम्पनीहरुले मूल्य अभिवृद्धि करतर्फ कुल ६४ करोड ४० लाख ९७ हजार ८७२ रुपैयाँ र आयकर तर्फ १ अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७२४ रुपैयाँ राजश्व छली गरेका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस