
१० बैशाख, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)ले विदेश जाने प्रयोगजनले कोभिड-१९ पिसिआर परीक्षणक लागि कोरोना परीक्षण गर्न सबै सरकारी र ५ वटा प्रयोगशालालाई मात्र अनुमति दिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)को वैशाख ८ गते बसेको बैठकले ‘ए’ वर्गको मात्र प्रयोगशालालाई पिसिआर परीक्षण गर्न दिने निर्णय गरेको भन्दै निजी क्षेत्रका पाँच प्रयोगशालालाई मात्र अनुमति दिएको छ ।
मान्यता पाउने निजी अस्पतालमा अस्पताल स्टार अस्पताल, नेपाल मेडिसिटी अस्पतल, मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, युनिभर्सल मेडिकल कलेज भैरहवा र ह्याम्स हस्पिटलमात्र रहेका छन् ।
प्रतिक्रिया दिनुहोस