मुख्य समाचार

अक्सिजनको चरम अभाव

oxygen cylinder

११ बैशाख, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका २५ परिवारले शुक्रबार बिहान उठ्दा सर गंगाराम अस्पतालमा उपचाररत स्वजनको यथेष्ट अक्सिजनको अभावमा मृत्यु भएको खबर पाए । अस्पतालका मेडिकल डाइरेक्टरले २५ जना गम्भीर बिरामीलाई चाहिने अक्सिजन अभाव भएको बताए। दिल्लीका अधिकांश अस्पतालमा अक्सिजन अभाव भइरहेका बेला शुक्रबार उक्त अस्पतालमा दुःखद घटना भएको हो ।

उपचाररत थप ६० बिरामीको ज्यान पनि जोखिममा रहेको चेतावनी दिएपछि उक्त अस्पतालमा शुक्रबार बिहान अक्सिजनको ट्यांकर उपलब्ध गराइएको थियो । गंगाराम अस्पतालमा मात्र होइन, कोरोना संक्रमण तीव्र भएपछि भारतका सुगमदेखि दुर्गम स्थानमा पनि अक्सिजन अभाव खट्किएको छ ।

भारतका पश्चिमी राज्य गुजरात र महाराष्ट्र, उत्तरी क्षेत्रमा पर्ने हरियाणा, मध्य क्षेत्रमा पर्ने मध्यप्रदेशमा अक्सिजन अभाव देखिएको छ । उत्तर प्रदेशका केही अस्पतालले अक्सिजन समाप्त भएको सूचना टाँसेका छन् भने लखनउका केही अस्पतालले बिरामीलाई अन्यत्र सर्न भनेका छन् । दिल्लीका साना अस्पताल र नर्सिङ होमको हालत पनि त्यस्तै छ ।

विभिन्न सहरमा बिरामीका नातेदार अक्सिजन रिफिल गर्ने केन्द्रमा लामबद्ध छन् । हैदराबादको एक अक्सिजन प्लान्टमा भीड नियन्त्रण गर्न बाउन्सर परिचालन गर्नुपरेको थियो । अस्पतालमा भर्ना हुन कुरिरहेका कतिपय संक्रमितको मृत्यु भएको छ । अस्पतालले श्वासप्रश्वासमा गम्भीर समस्या भएका बिरामीलाई भर्ना गर्न र जीवित राख्न सकेका छैनन् । यो समाचार नागरिक दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *