मुख्य समाचार

धरहरा ढल्दा मृत्यु भएका परिवारलाई रोजगारी उपलब्ध गराउने प्रधानमन्त्री ओलीको घोषणा

dharahara oli

११ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रासदीपूर्ण भूकम्पबाट धेरै जनधनको क्षति भएको स्मरण गर्दै धरहरा ढलेर ज्यान गुमाउनेका परिवारलाई रोजगारीको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

पुननिर्मित धरहराको आज उद्घाटन कार्यक्रममा बोल्दै उनले ०७२ सालमा धरहरा ढल्दा मृत्यु भएकाको परिवारको एक सदस्यलाई धरहरा वरिपरि नै रोजगारी दिने घोषणा गरेका हुन् ।

“यहाँ सिर्जना हुने अवसरमा मृत्यु हुने परिवारको कमसेकम एक सदस्यलाई जागिर दिन्छााैं, उनले भने । कामको प्रकृती नमिले अन्य स्थानमा रोजगारी उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस