मुख्य समाचार

ओलीले सुलीमा चढाए पनि एमाले छाड्दैनौँ : गोकर्ण बिस्ट

gokarn bist

११ बैशाख, गुल्मी । माधव कुमार नेपाल समूहका नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाहीका नाममा आफ्नो समूहलाई सुलीमा नै चढाएपनि नेकपा (एमाले) पार्टी नछाड्ने बताएका छन् ।

शनिबार (आज) गृह जिल्ला गुल्मीको भुवाचिदीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका बिष्टले यस्तो बताएका हुन् ।

उनले भने, ‘सत्ता–शक्तिको अहंकारमा पार्टी अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै सिध्याउने गरी पार्टीको विधि र पद्धति उल्लंघन गर्दै कारबाहीको नाममा जुन खालको स्वच्छचारी व्यवहार देखाउनु भएको छ । त्यसबाट कति पनि विचलित नभई संघर्ष गर्ने र सुलीमा नै चढाए पनि हामीले पार्टी छाड्दैनौं ।’

उनले थप भनेका छन्, ‘ओलीले पार्टी एकताको पूरै झ्याल–ढोका बन्द गरेका छन् । बन्द ढोकाको बलेनी मै बसेर, त्यसमाथि पानी परोस्, रुझेरै भएपनि पार्टी एकताका लागि लडिरहनेछौं ।’

महाभारत कालमा सन्की शासकले  रामलाई १४ वर्ष वनवास पठाएको उल्लेख गर्दै सत्यको जित  हासिल गर्न रामलाई १४ वर्ष लागे झै आफूहरुलाई पनि सत्यको जित हासिल गर्न केही समय लाग्ने उनको भनाइ थियो  ।

बहुमत सदस्यसहित ९ औं महाधिवेशनमा ओली प्यानलबाट निर्वाचित ३ जना उपाध्यक्ष समेत माधव नेपाल समूहमा रहेको उनले बताए ।

ओली पक्षको एउटा सानो समूहले गठन गरेको महाधिवेशन आयोजक समिती, स्थायी कमिटी, कसैलाई सुम्पिएको जिम्मेवारी र हटाइएको जिम्मेवारी मान्य नहुने उनले बताए  ।

गुल्मीको हकमा साविक एमाले कै नेतृत्वले जिल्लादेखि वडा तहसम्म बैठक बोलाउन र साविककै कार्यकर्ताहरु समेट्न आफूले फोनमा पटक पटक भन्दै ओली समूहले धुर्कोटबाट समानान्तर कमिटी गठन गर्न सुरु गरेको उनको भनाइ थियो  ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस