मुख्य समाचार

पछिल्लो २४ घण्टामा २६ सय बढी कोरोना संक्रमित थपिए, १४ को मृत्यु

jageshwor gautam

११ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६ सय १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट ७ हजार ५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १४ को मृत्यु भएको छ । हालसम्म मृतकको कुल संख्या ३१३६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस