११ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा १४१ र भक्तपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै हटस्पोट बनेको बाँकेमा ३५२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर भने २६ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १४ को मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस