मुख्य समाचार

दुबै डोज खोप लगाएका ग्राण्डी अस्पतालका चिकित्सकमा देखियो कोरोना

covid 19 vaccine

११ बैशाख, काठमाडौं । काठमाडौंमा दुबै डोज कोरोनाको खोप लगाएका एक चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपाल खोप लगाएपछि संक्रमित बनेका हुन् ।

डा.नेपालसँगै उनकाे पत्नी पनि संक्रमित भएकी छिन् । शुक्रबार काठमाडौंको केएमसी अस्पतालको ल्याबमा परीक्षण गराउँदा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । डा. नेपालले कोभिड १९ को प्रकोपताका प्लाज्मा थेरापीबाट धेरैजना संक्रमितलाई निको पारेका थिए । स्वास्थ्यकर्मी भएको नाताले देशमा शुरू भएको खोप अभियानमा उनले पहिलो चरणमै पहिलो डोजको खोप लगाएका थिए ।

उनले बैशाख ८ गते दोस्रो डोज खोप लगाएका थिए । दुबै डोज भ्याक्सिन लिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित हुनुले खोप लगाइसकेपछि पनि जोखिम यथावतै रहन्छ भन्ने स्पष्ट भएको स्वास्थ्यकर्मी बताउँछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस