समाचार

कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्दीकीको निधन

bead body tag

११ बैशाख, बाँके । कोरोना संक्रमणबाट संविधानसभा सदस्य मोहम्मदी सिद्दीकीको उपचारका क्रममा निधन भएको छ ।

बाँकेको नेपालगन्ज मेडिकल कलेजको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा ६५ वर्षीया सिद्दीकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक ईश्वरी गिरीले जानकारी दिए ।

गिरीका अनुसार चैत्र २८ गते उनमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस