समाचार

थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा संघर्षका सबै कार्यक्रम स्थगित

tharuhat

१२ बैशाख, काठमाडौं । थरुहट/थारुवान राष्ट्रिय मोर्चाले तेस्रो चरणको संघर्षको सबै कार्यक्रम स्थगित गरेको छ ।

मोर्चाको केन्द्रीय सचिवालयको गत चैत्र २५ गते बसेको बैठकले तेस्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गत नवलपरासी, कपिलबस्तु, दाङ/देउखुरी, बर्दिया र कञ्चनपुरमा आयोजना गरिने वृहत् जनदबाब तथा जनजागरण सभा गर्ने निर्णय गरेको थियो ।

तर दिनप्रतिदिन भयावह रुपमा फैलिरहेको कोरोना रोगको संक्रमणको अवस्थालाई दृष्टिगत गरी संघर्षका कार्यक्रम स्थगित गरिएको मिनराज चौधरीले जानकारी दिएका छन् ।

Press Release tharuhat

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस