विश्व/प्रवास

भारतमा लगातार चौथो दिन थपिए ३ लाखभन्दा बढी संक्रमित, २ हजार ७६१ जनाको मृत्यु

covid 19 india

१२ बैशाख, काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ । हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबैभन्दा धेरै हो । भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको हो । यो समयमा २ लाख १५ हजार ८०३ मानिसहरुले कोरोनालाई मात पनि दिए ।

यस्तै, मृतकको आँकडाको कुरा गर्ने हो भने एक दिनमा २७६१ मानिसहरुको कोरोनाका कारण ज्यान गुमेको छ । सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ । यहाँ ६७६ मानिसहरुले ज्यान गुमाएका छन् । यस्तै दिल्लीमा ३५७ को मृत्यु भएको छ ।

सक्रिय संक्रमितको संख्या २६ लाख पारः

भारतमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेकाहरुको संख्या २६ लाख पार भएको छ । हाल भारतमा २६ लाख ७४ हजार २८७ बिरामीको उपचार चलिरहेको छ । शुक्रबार सक्रिय संक्रमितको संख्यामा १ लाख ३० हजार १९९ वृद्धि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस