मुख्य समाचार

अविश्वास प्रस्तावको सुइँको पाएपछि माधव पक्षका सांसदलाई कारवाही गर्ने एमालेको तयारी

UML baithak

१२ बैशाख, काठमाडौं । सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षीहरूलाई सहयोग गरेको भन्दै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुलाई कारवाही गर्ने तयारी गरेको छ ।

एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकले उक्त निर्णय लिने ओली पक्षका नेता कर्ण थापाले जानकारी दिए । थापाका अनुसार महाधिवेशन आयोजक कमिटीको बैठकअघि स्थायी समिति बैठकमा माधव पक्षका सांसदहरुलाई कारवाही गर्ने विषयमा छलफल भएको छ । आइतबार १० बजेका लागि बोलाएको आयोजक समितिको बैठकअघि बालुवाटारमा स्थायी समिति बैठक बसिरहेको छ ।

बैठकले माधव नेपाल, भीम रावलसहित निलम्बित चार र अन्य थप सांसदमाथि समेत कारवाही गर्ने तयारी गरेको बताइएको छ । एमालेको विधानले दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस