मुख्य समाचार

निर्माणाधीन पुलबाट त्रिशूलीमा खसे मजदुर, एक जनाको मृत्यु

Trishuli River

१२ वैशाख, चितवन । तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुलबाट खस्दा एक जना मजदुरको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता भएका छन् ।

आइतबार विहान निर्माणाधीन पुलबाट १० जना मजदुर त्रिशूली नदीमा खसेका थिए । तीमध्ये एकजना भारतीय नागरिक विजय यादवको मृत्यु भएको चितवन प्रहरी प्रमुख ओमप्रकाश अधिकारीले जानकारी दिए । बेपत्ता व्यक्तिको खोजी भइरहेको उनले बताए ।

घटनास्थलबाट आठ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । इतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको  एसपी अधिकारीले बताए । आइतबार विहान त्रिशुलीमा मजदुर खसेको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस