मुख्य समाचार

कस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अवस्था ?

gyanendra

१२ बैशाख, काठमाडौं । नर्भिक अस्पतालले पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य रहेको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहका अनुसार शनिबार नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका शाहको अवस्था स्थिर रहेको छ ।

शाहसँगै अस्पताल भर्ना भएका पूर्वराजी कोमल, पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था पनि सामान्य रहेको उनले जानकारी दिए । हाल नर्भिकमा शाहसहित ३ जनालाई डा. श्रीवास्तव र डा. जेपी जैसवालको टिमको निगरानीमा उपचार भइरहेको छ ।

केही समय पहिले भारतको हरिद्वारमा कुम्भ मेलामा सामेल भएर आएपछि शाह दम्पतीलाई नै कोरोना भाइरसको संक्रमण भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस