
१२ बैशाख, काठमाडौं । प्रहरीले समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धाराबाट पक्राउ गरेको हो । प्रहरीले दुर्गालाललाई बसुन्धाराबाट र अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कको कार्यालयबाटै नियन्त्रणमा लिएर अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
केहीदिन पहिले सो अनलाइनले प्रधानमन्त्री केपी शर्माओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो । पछि सोही अनलाइनले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफी समेत मागेको थियो ।
अदालतले पनि समाचार लेखेकै भरमा धरपकड नगर्न आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस