मुख्य समाचार

उद्घाटन, शिलान्यास रोकेर महामारी नियन्त्रणमा ध्यान दिनुस् : कमल थापा

kamal thapa

१२ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

कोरोना संक्रमणको दोस्रो लहरले देश आक्रान्त भएको समयमा उद्घाटन, शिलान्यासलाई छाडेर महामारी नियन्त्रणमा सरकारको ध्यान जानका आवश्यक रहेको थापाको भनाइ छ ।

उनले भनेका छन्– ‘केही समय, उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दछु । कोरोना अनियन्त्रित र विकराल बन्दैछ । यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न बुझ्न चाहन्छन् । दुःखको बेला जनता भरोसा खोजिरहेका छन् ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस