
१२ बैशाख, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ ।
आज एक सूचना जारी गर्दै सोमबारदेखि लागु हुने गरी अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको हो ।
कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस