
१२ बैशाख, काठमाडौं । लकडाउनको हल्लाले आइतबार (वैशाख १२) सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ बिन्दुमा अडिएको छ । यस दिन समग्रमा बजार २.८६ प्रतिशतले घटेको हो ।
७ अर्ब २८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार सेयर बजार राताम्मे बनेको छ । २७ सय बिन्दु माथि पुगेको सेयर बजार २६ सय बिन्दु तल झरिसकेको छ । २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
२ कम्पनीको भाउ सर्किट लाग्ने गरी बृद्धि भएको छ । खरिदबिक्री रकममा ३९ करोड ५२ लाख रुपैयाँसहित निफ्रा (नेपाल पूर्वाधार बैंक) सबैभन्दा अघि छ । दोस्रोमा ज्योति लाइफ इन्सुरेन्स र तेस्रोमा अपर तामाकोशी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस