मुख्य समाचार

नेपालमा ट्रान्जिट परेर आएका विदेशीको पीसीआर परीक्षण नगर्न सरकारको निर्देशन

Health Ministry

१२ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशी नागरिकको पीसीआर परीक्षणका नगर्न निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी, तिनका परिवार र नेपाल बसोबास गरिरहेका विदेशी नागरिकलाई परिचय पत्र खुल्ने प्रमाणका आधारमा मात्रै पीसीआर परिक्षण गर्न निर्देशन दिएको हो ।

‘प्रयोगशालाहरुले कोभिड १९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड १९ को परिक्षणको व्यवस्था गर्दा नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा निजका परिवारहरु र नेपालमा बसोबास गरीरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परिक्षण गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परिक्षण मात्रै गर्ने गरी आएर कुनै पनि विदेशी नागरिकहरुको कोभिड १९ परिक्षण नगरीदिनु हुन नेपालका सबै प्रयोगशालाहरुलाई निर्देशन गरिन्छ ।’

मन्त्रालयले निर्देशन विपरित परीक्षण गराएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थालाई कारबाही गर्ने पनि जनाएको छ ।

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस