मुख्य समाचार

सार्वजनिक कार्यक्रममा सहभागी नहुन सरकारको आह्वान

Health Ministry

१२ बैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम थप बढ्दै गएकोले सार्वजनिक समारोह र सार्वजनिक स्थलमा हुने कार्यक्रममा सहभागी नहुन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो ।

सार्वजनिक सूचनामा मन्त्रालयले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बन्न, सार्वजनिक समारोहहरु र सार्वजनिक स्थलमा हुने कार्यक्रमहरु नगर्न, नगराउन र सहभागी नहुन आह्वान गरेको छ ।

त्यस्ता व्यक्ति र निकायहरुबाट त्यस किसिमका गतिविधिहरु भएमा खबरदारीसहित कारवाहीको दायरामा ल्याइदिएर सहयोग गर्न समेत मन्त्रालयले आह्वान गरेको छ ।

corona notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस