समाचार

दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु, एक गम्भीर

bike accident

१२ बैशाख, जनकपुर । धनुषामा तीब्रगतिका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–८ कुसुमविसौना बस्ने २६ वर्षीय सुनिल शर्मा र २० वर्षीय भोला महतोको मृत्यु भएको हो ।

तीव्रगतिमा रहेको प्रदेश २–०२–००२ प ६०३६ र प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकल  एक आपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरमा प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए । दुर्घटनामा परि गम्भीर घाइते भएका दुबै युवकलाई उपचारका लागि जनकपुरधाम ल्याउने क्रममा एक जनाको बाटोमा र अर्का एकजनाको जानकी हेल्थ केयरमा मृत्यु भएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

दुर्घटनामा प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकलको पछाडि बसेका २५ वर्षीय सन्तोष महतो भने गम्भीर घाइते भएका छन् । उनको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको धनुषा प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस