समाचार

जन्ती बोकेको बसलाई टिप्परले दियो ठक्कर : २ जनाको मृत्यु, ५ जना घाइते

accident

१२ बैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमामा आइतबार एक टिपरले ३ वटा जन्ती बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले तिलोत्तमा–१५ कोटिहवामा बुटवलतर्फ आउँदै गरेको लु २ च ७०१२ नम्बरको बोलेरो, लु १ ख ५७८६ नम्बरको बस र लु १ ख ९६८५ नम्बरको बसलाई ठक्कर दिएको थियोे ।

दुर्घटनामा परी लु १ ख ९६८५ नम्बरको बसमा सवार तिलोत्तमा–१५ कि वर्ष १० की सरस्वती (जमुना ) हरिजन र वर्ष ८ की गंगा हरिजनको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । त्यस्तै सोही बसमा सवार अन्य ४ जना  र टिप्पर चालकसमेत घाइते भएको प्रहरीले बताएको छ । घाइतेहरुको मेडिकल कलेज भैरहवा उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस