मुख्य समाचार

बाँकेमा एक साताका लागि निषेधाज्ञा (आदेशसहित)

cdo banke

१२ बैशाख, बाँके । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणभन्दा बाहिर जान थालेपछि बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रशासनले सोमबार रातिदेखि लागू हुने अर्को सूचना जारी नहुँदासम्म जिल्लाभरी एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको  प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ । यस्तै एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने आदेशमा उल्लेख छ ।

उक्त आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने पनि उल्लेख छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगन्ज, कोहलपुरमा गरिएको लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन नभएको र कोरोनाको संक्रमण फैलिँदै गएपछि निषेधाज्ञा जारी गर्नुपरेको बताएका छन् ।

bake notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस